सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक जना बालकको मृत्यु

बौधिमाई
असार १९ गते सर्लाही ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालकको मृत्यु भएको छ
सर्लाहीको रामनगर गाउँपालिका–७, गैरिया टोलमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट सोही स्थानका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बीआर ३० एस ८५६७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका निखिलको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता मोटरसाइकल र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

error: Content is protected !!