रौतहटमा बसको ठक्करबाट एक बालकाको ज्यान गयो
रबिन्द्र प्रजापति, साउन ३१ गते रौतहट ।
रौतहटमा बसको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । जिल्लको सदरमुकाम गौरबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसले ठक्कर दिएपछि चन्द्रपुर नगरपालिका ६ का स्थानीय जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते रानामगरको वीरगंजस्थित बयोधा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए । बजारमा रहेको नमुना निजी विद्यालयमा अध्ययनका लागि अभिभावकसँगै जाँदै गरेका बालकलाई बिहान करिब साढे ९ बजेको समयमा बसले ठक्कर दिएको थियो । ठक्कर लागेर बालकको टाउको, निधार, दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो । गरुडा नगरपालिका–५ महम्मदपुर घर भएका चालक राजेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी निरीक्षक साहले जानकारी दिए।