रौतहटमा गए राती करेन्ट लागेर एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, भदौ ५ गते रौतहट ।
रौतहटमा करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लको मौलापुर नगरपालिका वडा नं. ८ बस्ने ४० वर्षीय महेशी राय यादव रहेको प्रहरीले जनाएको छ । शनिबार राति खेतमा पानीको मोटर जोड्ने क्रममा यादवलाई करेन्ट लागेपछि यादव घाईते भएको थियो।
अशक्त भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

error: Content is protected !!