बौधिमाई-
भदौ १० गते सर्लाही ।
सर्लाहीमा नकाबधारीका समुहले दिनदहाडै डकैती गरेका छन । नकाबधारीका समुहले हतियार देखाएर शुक्रवार विहान ८ लाखभन्दा बढी रकम लुटेको प्रहरीले जनाएको छ ।
चार जनाको समूहले हतियारसहित आएका नकाबधारीको समूहले सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं. ८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो । शुक्रबार बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।
आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लुटेराको समूहले लगेको छ ।
लुटपाट भएको ठाउँबाट दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ ।
यता प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।