रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु
रबिन्द्र प्रजापति, रौतहट । भदौ १४ गते ।
रौतहटमा चट्याङ लागेर एकै परिवारका ३ जना महिलाको ज्यान गयको छ । मंगलबार विहान ७ स् ४० बजेको समयमा जिल्लाको गरुडा नगरपालिका वडा नं. ३ मलाहिटोलमा परेको चट्याङ लागेर मलाहि टोल बस्ने रामनरायण सहनीको श्रीमति अन्दाजी ३९ बर्षीकी सुदमिया देवी, १७ बर्षीकी छोरी जगिया कुमारी सहनी र सत्यनरायणको १८ बर्षीकी छोरी मनिषा कुमारी सहनीकी घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बिहानै खेतमा काम गरिरहेको समयमा परेको चट्याङ लागेर तिनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्क तिनै जनाको पोष्टमाटमको लागी प्रदेशिक अस्पताल सदरमुकाम गौरमा पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।