रौतहटमा चामलको कालो बजारी गर्ने १ जना भारतीय पक्राउ
रबिन्द्र प्रजापति, रौतहट । भदौ १४ गते ।
रौतहटमा चामलको कालो बजारी गरि रहेको एक जना भारतीय नागरीक पक्राउ परेका छन ।
सोमबार जिल्ला रौतहट गौर नगरपालिका वडा नं. १ रामजानकी धर्मशाला स्थित चामल पसल गरी वस्ने भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्ताले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिन्ङ गरिरहेको सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटीएको टोलीले लोकल चामल–५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान फेला पारी उक्त खाद्यान्य समाग्री सोहि स्थानमा सिलबन्दी गरी निज राजेन्द्र प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।