रौतहट क्षेत्र नं ३ मा एमालेलाई कांग्रेसले मात्र पराजित गर्न सक्छ, त्यसैले कांग्रेसलाई टिकट दिनुपर्ने ठुलो दबाब ।

भदौ १५ गते, रौतहट ।
सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोष्णा गरिसकेपछि अहिलदेखी नै जताततै चुनावको विषयमा बहष र चर्चा परिचर्चा हुन थालेको छ
निर्वाचनका लागि नेपाली कांग्रेस सहित पाँच दलीय गठबन्धनबाट रौतहट क्षेत्र नं ३ मा कुन पार्टीले कुन पदको लागि टिकट पाउदा गठबन्धनलाइ चुनाव जित्न सफल हुन्छ भन्ने चासोको विषय बनेको छ ।
रौतहट क्षेत्र नं ३ को नेकपा एमालेका संघीय सांसददेखी लिएर प्रदेश सांसदका उम्मेदवारहरुलाई पराजित गर्न गठबन्धनबाट कसलाई टिकट दिदा उपयुक्त हुन्छ भनी निकै चासोको विषय बनेको छ ।
रौतहट क्षेत्र नं ३ मा गठबन्धनमा रहेका दलमध्ये सबभन्दा मजबुत नेपाली कांग्रेस नै रहेको देखिन्छ ।
२०७४ सालको चुनावमा नेकपा एमालेपछि नेपाली कांग्रेस नै दोश्रो दलको रुपमा स्थापित भएको थियो । बामगठबन्धबाट संघीय सांसदका उम्मेदवार बनेको भएपनि एमालेका प्रभु साहबाट कांग्रेसका संघीय सांसदको उम्मेदवार सुनिल यादव उर्फ जितेन्द्र थोरै मतले पराजित भएका थिए ।
प्रभु साह गठबन्धनबाट नभइ एकलै लडेको भए कांग्रेसका सुनिल यादव नै निर्वाचित हुन्थ्यो । २०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मान्दा पनि क्षेत्र नं ३ मा कांग्रेस दोश्रो स्थानमा रहेको छ भने माओवादी तेश्रो र अन्य दल चौथौ पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं ३ को पाँच पालिका मध्ये कटहरिया र फतुवा विजयपुर नगरपालिका कांग्रेसले नै जितेको छ । नगरपालिकाका साथै यहाँका अधिकांश वडा समेत नेपाली कांग्रेसले नै जितेको छ । क्षेत्र नं ३ मा सबै पालिका र वडामा कांग्रेसको ठुलो मत र प्रभाव रहेकोले यहाँ कांग्रेसका उम्मेदवारलाई जित हात पार्न निकै सजिलो रहेको देखिएको छ ।
त्यसैले यहाँ एमालेका उम्मेदवारलाई नेपाली कांग्रेसका उम्मेदवारले मात्र पराजित गर्न सक्ने अवस्था रहेको छ । त्यसैले नेकपा एमालेलाई कांग्रेसले मात्र पराजित गर्न सक्ने भएकोले गठबन्धनले धेरै गम्भिरताका साथ सोची यहाँ नेपाली कांग्रेसलाई नै संघीय सांसद पदको टिकट दिनु जरुरी रहेको सर्वसाधारण जनताको भनाइ छ ।
यहाँ एमालेलाई हराउन नेपाली कांग्रेसमाथी नै गठबन्धन भित्रका दलका नेता कार्यकर्ताले पनि विश्वास गरेका छन । कांग्रेसलाई यहाँका अधिकांश जनताले पनि रुचाएका कारण आउँदो चुनावको लागि रौतहट क्षेत्र नं ३ को संघीय सांसद पदको टिकट नेपाली कांग्रेसलाई नै दिनुपर्ने गठबन्धनमाथी नेता कार्यकर्ताको ठुलो दबाब छ ।

16 Push 077 final