जेलमा रहेका कांग्रेस नेता आलम उम्मेदवार सिफारिस

काठमाडौं, भदौ १६ गते ।
नेपाली कांग्रेसले जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका मोहम्मद अफताबलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
बिहिवार कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले पूर्वमन्त्री आलमको नाम एकल रुपमा सिफारिस गरेको हो।
केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।
आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ । उनी नख्खु कारागारमा छन् ।

16 Push 077 final