भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु, १४ जना घाइते

बौधिमाई-
रौतहट, १९ गते भदौ ।
भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोवा जाँदै गर्दा युपी९३बि।टि।९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो ।
बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

16 Push 077 final