सिरहा प्रशासनले तडकभडक कार्यक्रममा लगाएको रोक कागजमै सीमित, जताततै प्रहरीकै सेटिङमा ‘आर्केष्ट्रा’

रबिन्द्र प्रजापति, रौतहट । २३ गते भदौ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा भनिएको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने क्रममा छन् । चाडपर्व मनाउने संस्कार परम्परादेखि नै चलिआएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदितै छ ।
प्रशासनले चाडपर्व संयमितरूपले मनाउने वातावरणको सिर्जना गर्न, परम्परा र सांस्कृतिक जगेर्ना गर्न तथा शान्ति सुरक्षा बहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रालगायतका तडकभडक सिर्जना गर्ने कार्यक्रम निषेध गरिएको जनाएको छ । अटेर गरी कार्यक्रम आयोजना गरेमा कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
तर प्रशासनको यो कदम कागजमै सीमित हुने विगतको घटनाक्रमले लिन सक्छौं । गाउँघरका केही अशिक्षित युवाहरूको जमातले स्थानीय प्रहरीकै सेटिङमा जताततै आर्केष्ट्रालगायतका विकृति मौलाउने गतिविधि गरिरहेको सवर्विदितै छन् ।

error: Content is protected !!