उपप्रमुख रिता देवीको संयोजकत्वमा ११ सदसीय अपाङ्गता समन्वय समिति गठन
रविन्द्र प्रजापति । असोज ७ गते, रौतहट ।
रौतहटको कटहरिया नगरपालिकामा रहेका अपाङ्गहरुको हकहितका लागि अपाङ्गता स्थानीय समन्वय समिति गठन गरिएको छ ।
कटहरिया नगर उपप्रमुख रिता देवी यादवको संयोजकत्वमा ११ सदसिय अपाङ्गता समन्वय समिति गठन गरिएको छ ।
यसअघि रहेको समितिलाई भंग गरी नयाँ समिति चएन गरिएको छ ।
नव गठित समितिको सदस्यहरुमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारी, प्रधानाध्यापक राम मंगल प्रसाद यादव, प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका इन्चार्ज अनिल कुमार साह, इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह, कौशल किशोर चौधरी लगाएतका व्यक्तिहरु रहेका छन् ।
कटहरिया नगर कार्यपालिकाको कार्यालय कटहरियाको सभाहलमा आज नगर उपप्रमुख रिता देवीको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
गठित समितिले नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनिहरुलाई अपाङ्गता परिचयपत्र अर्थात कार्ड वितरण गर्ने भएको छ ।
शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले स्थानीय सरकार मार्फत भत्ता दिदै आएको छ । भत्ताको लागि कार्ड अनिवार्य चाहिन्छ । गठित समितिले अपाङ्गता भएका व्यक्तिहरुलाई चाडै कार्ड वितरण गर्ने जनाइएको छ ।