रौतहटमा निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु

रबिन्द्र प्रजापति, असोज २६ गते रौतहट ।
रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत जयनगर चौक स्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.३ देवाही निवासी रामएकबाल साह तेली रहेको प्रहरीले जनाएको छ । गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर आज बिहान ६ बजेको करिबमा तेलीको मृत्यु भएको छ ।
घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताए ।
घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग समेत गरेका छन ।
मृतकका आफन्तहरु शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन ।

error: Content is protected !!