वीरगन्जबाट चरेससहित दुईजना पक्राउ

असोज २७ गते पर्सा ।
वीरगन्जबाट प्रतिबन्धित लागूऔषध चरेससहित बुधबार २ युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय करण राय र २० वर्षीय राज चौरसीया रहेको पर्सा प्रहरीले जनाएको छ ।
वीरगन्ज ८ रेल्वे रोडमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रम्मा रायले बोकेको झोला खानतलाशी गर्दा ९ केजी ५ सय ग्राम चरेस बरामद भएको थियो।
पक्राउ परेका रायले दिएको बयानका आधारमा चरेस ओसारपसार संलग्न चौरसीयालाई पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

16 Push 077 final