सर्लाहीमा सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

कार्तिक ३ गते सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये तीनजा भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।
बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे । अवनलाईन खबर

error: Content is protected !!