रौतहट सहित देशभरी गए राती धुमधामका साथ लक्ष्मी पूजा मनाईयो

रबिन्द्र प्रजापति, कार्तिक ८ गते रौतहट ।
रौतहट सहित देशभरी गए राती धुमधामका साथ लक्ष्मी पूजा मनाईएको छ । धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । घरहरुमा झिलिमिली बत्ती बालि दिपावली माईने परम्परा रहेको छ । सबै घरमा दियो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ ।
तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ ।
एक आपसमा खुशी बाँड्दै रमाइलो गरी यो तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो ।
जसले यतिबेला रौहतटको गौर, गरुडा, कटहरिया, चन्द्रनिगाहपुर, मौलापुर, का साथै गाँउ लगाएत देशभरीको बजारहरु रंगिन छन् ।
परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ ।

error: Content is protected !!