जसपाका रौतहट जिल्ला अध्यक्षले दिए राजीनामा

रौतहट, कार्तिक २२ गते ।
जनता समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण पार्टीबाट राजीनामा दिएको उनले बताए ।
उनले अहिले चुनावमा आफुहरुलाई मतदाता समक्ष जान पनि गाह्रो भइरहेको भन्दै भने, ‘जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, मधेसीलाई पटकपटक अपमान गर्‍यो, संविधान संशोधन हुन दिएन आज सोही पार्टीसँग जसपाले गठबन्धन बनाएको छ, त्यसले गर्दा पार्टीमा काम गर्न निकै गाह्रो भएको कारण राजीनामा दिएको छु ।’
नेता पटेल २०६४ सालदेखि नै सो पार्टीसँग जोडिएका थिए । उनी २०७४ को स्थानीय चुनावमा रौतहटको देवाहीगुनाही नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए ।

error: Content is protected !!