लालबकैया खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी

रौतहट २३ कार्तिक । निर्वाचनमा सबैको ध्यान गएको बेला रौतहटको लालबकैया खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी हुन थालेको छ ।
प्रत्येक दिन दर्जनौं ट्याक्टरले खोला बाट नदीजन्य पदार्थको निकासी गरीरहेको प्रत्यक्षदर्शीले बताएका छन ।
ना ६ त ७६६७,ना ६ त ८८३१,ना ५ त १७१०,ना ७ त ७९८८ नम्बरको ट्याक्टरमा दैनिकी नदीजन्य पदार्थको निकासी हुने गरेको स्थानिय बताउछन ।
जिल्लाको मौलापुर र देवाही गोनाही नगरपालिकाको सिमाना भएर बग्ने लालबकैया खोलाबाट सम्झौता विपरित प्रत्येक दिन दर्जनौं ट्याकटर प्रयोग गरी गिट्टी वालुवा उत्खनन् गरिरहेको स्थानियवासीको भनाइ छ ।
मौलापुर र देवाही गोनाही नगरपालिका जोड्ने लालबकैयाको पुल नजिक अबैध रुपमा नदीजन्य पदार्थहरु उत्खनन गरिरहेको पाइएको हो।
प्रहरीको निगरानीमा केही दिन उत्खनन् रोकिएको भएपनि राजनीतिको आडमा पुनः अबैधरुपमा निकासी शुरु भएको गुनासो छ ।
रौतहटको कुन नदीबाट वर्षेनी कति नदीजन्य पदार्थको उत्खनन र निकासी हुनुपर्ने हो र कति भइरहेको छ भन्ने कुराको अनुगमन कहि कतैबाट हुन सकेको छैन।
जिल्लामा हुने विकास निर्माणको लागि तत्काल नदीबाट सोझै निर्माणस्थलमा नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ भने जिल्लाको विभिन्न ठाउँमा अवैध भन्डारण पनि हुने गरेको छ।
जिल्ला समन्वय समितिले नियमन गरेर नदीजन्य पदार्थको भन्डारण गर्नको लागिअनुमति नदिँदा पनि हजारौँ घनमिटर अवैध भन्डारण गरी केही व्यक्तिहरुले गिट्टी,बालुवाको अवैध धन्दा नै चलाएको गुनासो छ ।
भन्डारणको लागि अनुमति नलिने र स्टक प्रमाणित नगराउने जस्ता काम समेत हुने गरेको छ ।
अवैध भन्डारण तथा निकासी नियन्त्रण गर्ने निकायहरु मौन बस्दा चुरे क्षेत्र हुँदै बग्ने नदि खोलाहरु निरन्तर खतरामा पर्दै गएको भन्दै सरोकारबालाहरुले चिन्ता ब्यक्त गर्दैआएका छन ।

error: Content is protected !!