सोमवार बिहानबाट जाडो बढ्यो, जनजिवन प्रभावित

रबिन्द्र प्रजापति, मंसिर ०५ गते रौतहट ।
सोमवार बिहानबाट बढेको जाडोका कारण रौतहट सहित मध्य तराईको जनजिवन प्रभावित भएको छ ।
विहानै देखी बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ । शितलहरका कारण जिल्लाका प्रमुख व्यापारीक बजारमा चहल पहल कम भएको छ । जाडोले विपन्न परिवार मारमा परेका छन् ।
बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण रौतहटका जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो । मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन् ।
शरीर ढाक्ने न्यानो कपडा र रातको लागि ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याग्रिएरै बस्न बाध्य भएका हुन् । यसैगरि पशु चौपाया र पक्षीहरु पनि चिसोले प्रभावित भएका छन् ।
न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरासमेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य भएका छन् । चिसोले घरपालुवा पशुपक्षी, बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्ति बढी प्रभावित भएका छन् ।

16 Push 077 final