रौतहट–३ मा ओम प्रकाशको अग्रता, प्रभु साह पछ्याउँदै

मंसिर ५ गते, रौतहट ।
रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल शुरुवाति अग्रता लिएका छन् । जयसवालले ७२० मतसहित अग्रता कायम राखेका छन ।
एमालेको टिकट निस्कृय बनाई सत्ता गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साह दोश्रो स्थानमा रहेका छन् ।
जयसवाललाई पछयाइरहेका साह ७०७ मत प्राप्त गरेका छन । गुजरा नगरपालिकाको वडा नं १ को १९ सय ६५ मत गणना हुँदा जयसवालले ७ सय २० मत पाएका छन । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार प्रभु साहले ७ सय ७ मत प्राप्त गरेका छन् ।
जयसवालबाट साह १३ मतले पछि परेका छन् ।

16 Push 077 final