रौतहटको कटहरिया बजारमा गएराती चोरी, प्रहरीको गस्ती कम

मंसिर ११ गते रौहतट ।
रौतहटको कटहरियामा चोरीको घटनामा बृद्धि भएको पाईएको छ । जिल्लको कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया बजार स्थित रहेको दुइ वटा पसलमा शनिवार राति चोरी भएको पिडितले जनाएको छ ।
राति करिब २ बजेको समयमा अज्ञात चोरले दुइ वटा घुमती पसल फोडी करिब ७६ हजार मूल्य बराबरको सामान चोरी गरेर लगेको छ ।
त्यस्तै त्यही ठाउँको वडा नम्बर ४ टोलापुर बस्ने रामदेव महतोको बजार स्थित काठको घुमतीको पटहा खस्काइ पसलमा रहेको फलामको खल ५ थान,तावा ७ थान प्लाष्टिको रस्सी ८ केजी र अन्य सामान गरी रु २१ हजारको सामान चोरी गरी लगेको छ ।
त्यसैगरी सोही ठाउँ बस्ने लालबाबु महतोको घुमती बाट तयारी सर्ट ,पैन्ट २५ थान र कपडा गरी करिब ५० हजार रुपैया बराबरको चोरी भएको पिडित महतोले जनाएको छ ।
यस अघि मंसिर ९ गते राति सोही ठाउँ बस्ने सुरेन्द्र साह कलवारको पसलबाट रु ६÷७ हजार र रामदयाल साहको मिठाइ पसलबाट रु १० हजार नगद र केही केजि मिठाइ चोरी भएको बुझिएको छ ।
प्रहरीको गस्ती फितालो भएको कारणले चोरीको घटनाहरुमा वृद्धि भएको स्थानियहरुले आरोप लगाएका छन् ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी टोलिले राति गस्ती कम गर्ने गरेको कारण कटहरिया बजार तथा आसपासको गाउमा पटकपटक चोरी तथा लुटपाटको घटना हुँदै आएको स्थानीयहरुले गुनासो गरेका छन ।

16 Push 077 final