रौतहटमा सवारी दुर्घटना हुँदा ३ जना घाईते

रबिन्द्र प्रजापति, मंसिर १२ गते रौतहट । रौतहटमा सवारी दुर्घटना हुदा तिन जना घाईते भएको छ ।
आईतवार बेलुकी जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ बलुवा स्थित कटहरियाबाट बलुवा तर्फ जादै गरेको ना २५ प ६१८२ नम्बरको मोटरसाईकलले साईकल यात्री देवाही गोनाही नगरपालिका वडा नं. ७ उचिडी बस्ने नजिर अनसारीको छोरा वर्ष १५ को सर्फराज अनसारीलाई ठक्कर दिएका छन ।
साईकल यात्री अनसारीको टाउको र हात खुटामा चोल लागेको र उनको जिवन ज्योती होस्पिटलमा कटहरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाईकल चालक गरुडा नगरपालिका वडा नं. ६ पोठियाही बस्ने २६ वर्षीय दिपेन्द्र यादव र मोटरसाईकलमा पछाडी सवार सोही स्थानका ३६ वर्षीय रामजी मण्डल घाईते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले जनाएको छ ।
घाईते दुबै जनालाई प्रथमिक उपचार गरी थप उपचारको लागी वीरगञ्ज पठाईएको र घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सिंहले जनाएको छ ।

16 Push 077 final