टिपरको ठक्करबाट पर्सामा डेढ वर्षीय बालक गम्भीर घाइते

पर्सा, मंसिर २१ गते । पर्सामा टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते भएका छन ।
घाईते हुनेमा वीरगन्ज १४ स्थित स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको छ । ना ३ ख ७४ २३ नम्बरको टिपरले मंगलवार बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो ।
टिपर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

16 Push 077 final