चन्द्रनिगाहपुरस्थित सडकमै राती र दिउसोको समयमा सवारी पार्किङ

मंसिर २१ गते रौतहट । चन्द्रनिगाहपुरस्थित सडकमै राती र दिउसोको समयमा सवारी पार्किङ हुने गरेको छ ।
बसपार्क भएपनि ब्यवस्थित नहुदा बस पार्क संचालनमा छैन ।
पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरको सडकको दाया बाया बस तथा ट्रक पाकिङ गर्दै आएका छन ।
चन्द्रपुर(४ स्थित टेकान टोलमा २०६९ मा निर्माण गरिएको बसपार्क सञ्चालनमा ल्याउन थालिएको थियो । निर्माणपछि केही समय सञ्चालन भएको बसपार्क पछि बन्द भएको थियो । अहिले उक्त बसपार्क अलपत्र अवस्थामा छ ।
चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय काफ्लेले पूर्वको चांदी पुल क्षेत्रमा बसको होल्डिङ सेन्टर निर्माण र टेकान टोलको अलपत्र बसपार्क सञ्चालनमा ल्याउन पहल थालेको बताएका थिए तर महिननौ बित्दापनि काम भएको छैन ।
टेकानमा बसपार्क निर्माण गरिएपछि उसैबेला बाजागाजासहित गाडीको लावालस्कर लगाएर उद्घाटन गरिएको थियो ।
सदरमुकाम गौरबाट आउने र जाने दर्जनौ गाडीका लागि बसपार्क बनाइएको हो । ९ वर्षदेखि बसपार्क प्रयोगविहीनछ। पूर्वपश्चिम राजमार्गबाट भन्डै १ किलोमिटर उत्तर टेकान टोलस्थित चादी नदी छेउको सरकारी जग्गामा बसपार्क निर्माण भएको थियो ।
गौर चन्द्रनिगाहपुर सडकमा करीव ३५ र ३६ वटा बस सञ्चालनमा छन । पार्किङ समस्या छ । बसपार्क बनेलगत्तै ठूलो संख्यामा स्थानीय र गाडी मजदुर भेला भएर बाजागाजासहित बस र आधा दर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर बसपार्क लगिएको थियो ।
पार्क सञ्चालनमा आएको ६ महिनामै बसपार्कमा गाडी लैजान छाडीएको थियो । कलमपाटी

16 Push 077 final