माधवनारायण नगरपालिकाको मेयर यादवले लाखैं रकम होटलमा खर्च गरेको खुलासा
पुष ०२ गते रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकामा ब्रह्मलुट मच्चाएको पाईएको छ ।
मेयर यादवले विना कुनै कार्यक्रम गरी आफनो मनपर्दि गैरकानुनी तरिकाले खाजा र खानाको नाममा लाखैं रकम हिनामिना गर्नुका साथै व्यक्तिगत कर्मचारीको नामाम पेश्की रकम निकासा गराएको स्थानिहरको आरोप रहेको छ ।
नगरपालिका कार्यालयको आयोजनामा कुनै कार्यक्रम गर्नुपर्दा मात्र सहभागीहरुको खाजा र खानाको खर्च नगरपालिका कार्यालयले ब्यवहोर्ने नियम छ तर माधव नारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले विना कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको भनी लाखैं रुपैयाँ भुक्तानी गराएको रहस्य खुलेको हो ।
मेयर यादवको आदेशमा विल भरपाईको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको होटल ए एन प्लाजाको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपैयाँको भुक्ततानि दिएको लेखापाल रामबालक यादवले बताएका छन ।
मेयर यादवको तोक आदेशमा भुक्तानी दिएको उक्त होटलहरुमा नगरपालिकासंग सम्बन्धी कुनै कार्यक्रम नै नभएको पाईएको छ ।
त्यस्तै, कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र पेश्की दिनुपर्ने नियम छ तर माधवनारायण नगरपालिकाबाट चारजना कर्मचारीको ब्यक्तिगत नाममा लाखैं रकम पेश्की निकासा गरिएको लेखापाल यादवले बताउनु भयो । पेश्की लिनेमा सरकारी कर्मचारी देखि लिएर करारका कर्मचारी समेत रहेका छन ।
बिभिन्न कार्यक्रम सञ्चालन गर्ने भनि नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनरायण यादवको नाममा १२ लाख, करारमा रहेको कार्यलय सहयोगीको रुपमा कार्यरत अर्जुन साहको नाममा ८ लाख र करारकै अर्का कार्यालय सहयोगी राजेश पंडितको नाममा ७ लाख रकम कार्यक्रम सञ्चालन गर्नुभन्दा अघि नै अग्रिम भुक्तानी दिएको पाईएको छ ।
नगरका विकासको लागी आएको रकम विकास कार्यमा खर्च नगरी मेयर यादवले होटलमा खर्च गरेर ब्रह्मलुट मच्चाएको स्थानिएहरुले बताएका छन ।
मेयरमा निर्वचित भएको ७ महिना बितिसक्दा पनि उनले अहिलेसम्म एउटा पनि ठोस काम गर्न नसकेको र जनताको विकास बजेट दुरुपयोग अकुत सम्पत्ति आर्जन गर्न खोजेको भन्दै मेयरको सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ ।
जनता समाजवादी पार्टी मधेश प्रदेशका सदस्य श्याम विहारी गादवले माधवनारायणका मेयर बैजु यादव नगरपालिकालाई कमाउखाने भाँडो बनाएको आरोप लगाएका छन । मेयर पदको आडमा कानुनलाई हातमा लिएर मेयर ७ महिनामै नगरपालिकालाई अस्तब्ययस्त बनाईदिएको नेता यादवले बताएका छन ।