कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

पुस १४ गते रौतहट । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्।
बिहिबार भएको निर्वाचनमा कृष्णले १८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए।
प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद छन्।
सर्वसम्मत रुपमा सहमति नजुटेपछि संसदीय दलको नेताका लागि निर्वाचन भएको हो । टुडेपाटी

16 Push 077 final