विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि, भोली देशभर शोक बिदा

माघ १ गते रौतहट । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेको गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जनाएको छ ।
विमान दुर्घटनाको शोकमा सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

16 Push 077 final