गरुडाका नगरप्रमुख जयसवालले भक्तजनका लागी गरे दाउरा व्यवस्थापन

रबिन्द्र प्रजापति,माघ १० गते रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ५ शिवनगरमा श्रीपञ्चमीको अवसरमा लाग्दै आएको मेलालाई लक्षित गरि सोही नगरपालिककाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले भक्तजनको लागी दाउरा व्यवस्थापन गरेका छन ।
श्रीपञ्चमी मेलालाई लक्षित गरि गरुडा नगरपालिकाका नगरप्रमुख जयसवालले कावरिंया बमहरुको लागि दाउराको व्यवस्थापन गरेका नगर प्रमुख जयसवालले जनाएको छ ।
मंगलबार बिहानै गरुडा नगरपालिकाको नगरप्रमुख जयसवालले नगरपालिकाको वडा नं।५ मा पर्ने पावन एवं धार्मिक नगरी शिवनगरमा दाउरा व्यवस्थापन गरेका छन ।
श्री पञ्चमी मेलामा लक्षित गरि विभिन्न ठाउँबाट आएका कावरिया बमहरुलाई धुनी बाल्नको लागि मेयर जयसवाल स्वयंम आफैं घुमेर प्रत्येक कावरिंया बमहरुलाई आवश्यकता अनुसार दाउरा वितरण गर्नुभएको हो ।
चिसो छल्न शिवनगरको प्रहरी चौकी लगायत मुख्य मुख्य ठाउँहरुमा दाउरा व्यवस्थापन गरेको मेयर जयसवालले बताए। दाउरा उपलब्ध गराएको नगरप्रमुख जउसवाललाई कावंरीहरुले धन्यवाद ज्ञापन गरेको छ ।

16 Push 077 final