रौतहट सहित देश भरि सरवस्ती पूजा मनाईयो, त्रिशक्ती बोर्डिगं स्कूलको सांस्कृतीक कार्यक्रम

रबिन्द्र प्रजापति,कटहरिया, माघ १२ गते । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन समेतको रुपमा लिने गरीन्छ ।
मन्दिर,बिधालय तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले किताब, कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको समानलाइ श्रद्धापूर्वक पूजा गरिएको छ ।
कटहरियामा रहेको त्रिशक्ती बोर्डिगं स्कूल, श्री जनता नमूना माबि, श्री बाल कल्यान विद्या मन्दिर, लगायत विभिन्न बोर्डिगं स्कूलमा आज धुमधामका साथ सरस्वतीको विधिपूर्वक पूजा गरि सांस्कृतीक कार्यक्रम गरि मनाईएको छ ।
त्रिशक्ती बोर्डिगं स्कूलमा अध्यनरत रहेको छात्राछात्रहरुले अ–आफ्नो कला प्रस्तुत गरि धुमधामका साथ सरवस्ती पूजा मनाएको सो बोर्डिगंका फाउन्डर प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । त्रिशक्ती बोर्डिगंमा कार्यक्रम हेर्नका लागी स्थानियहरुको घुईचो लागेको थियो ।
सो अवसरमा नृत्य, कमेडि तथा दहेज प्रथाको नाटक समेत प्रस्तुत गरेका थिए । सांस्कृतीक कार्यक्रमलाई सत्तचालन शिक्षक रौशन साहले गर्नु भएको थियो ।

16 Push 077 final