सर्पले टोकेको महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार सफल

रबिन्द्र प्रजापति,कटहरिया, जेठ ३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा स्थापन भएको सर्प दंश केन्द्रमा एक महिलाको उपचार सफल भएकी छिन । कटहरिया नगरपालिका वडा नं. ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिलाले उपचार गराईन सफल भएकी छन ।
कटहरिया नगरपालिका वडा नं. ७ बगहि बस्ने कैलाश साहको श्रीमती वर्ष ३५ को उर्मिला देवी साहलाई गत आईतबार राती सर्पले डसेका थिए ।
सर्प डंसदा प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भए पछि उनकी जान जानबाट जोगिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. धर्मेन्द्र कुमार पटेलले बताउनु भयो ।
सर्प दंश उपचार केन्द्रमा आएको पहिलो बिरामीलाई सफलता पूर्वक उपचार सफल भएको खबर पाएपछि कटहरिया नगरपासिलकाको मेयर अजय प्रकाश जयसवालले सो बिरामि संग भेट गरि मेयरले जुस, फलफुल खुवाई नयाँ जिवनको शुभकामना समेत दिएका थिए । सर्प डसेको ३० मिनेटको बिचमा उपचार नहुँदा ज्यान जाने खतरा रहेको प्रमुख डा. पटेलले बताए ।
कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा गत २५ गते सोमबारका दिन मेयर जयसवालको बिषेश पहलमा सर्प दंश उपचार केन्द्र एक कार्यक्रमका बिचे मेयर जयसवालले उदघाटन गरेको थियो । उदघाटन गरेको दिन देखिनै सर्प दंश सञ्चालनमा आएको छ ।
अब सर्प दंशका बिरामीहरुको उपचार कटहरियामा भईरहेकोले गौर चन्द्रनिगाहपुर जानु पर्ने बाध्यता अन्तय भएको छ ।
मेयर जयसवालले पहिला जिल्लाको दुईवटा ठाँउमा मात्र हुने गरेको यो उपचार अब यसै नगरपालिकाको वडा नं.५ मा शुरु भएको हुनाले यहाँका जनताको लागि गौरवको बिषय भएको बताउनु भएको छ ।
कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रको लागि ल्याबको ब्यवस्था मिलाईएको र जहाँ थाईराइड बाहेक बिपी, एल एफटी, आर एफटी, सुगर,ईको ईसिजी, लगाएत सबै किसिमका चेक जाँच भईरहेको छ ।
नगर प्रमुख जयसवालले चुनावको बेला जनता संग गरेको बाचालाई मध्य नजर गर्दै सो सेवा केन्द्र संचालनमा ल्याईए छ । सेवा सञ्चालनमा आउदा स्थानियहरुले मेयर जयसवाललाई खुलेर प्रसान्शा गरेका छन ।

error: Content is protected !!