पत्रकार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार झालाई प्रदान

रबिन्द्र प्रजापति, जेठ २० गते रौतहट ।
पत्रकार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० नेपाल पत्रकार महासंघ रौतहट द्वारा राससका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ को आयोजनामा शनिबार गरुडा स्थित एन प्रलाजा को सभा हलमा सो कार्याक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष बिपुल पोखरेल रहनु भएको थियो। कार्यक्रममा २५ हजार रुपैयाको चेक र सम्मानपत्रसहित मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० नेपाल राससका अध्यक्ष झालाई प्रदान गरेका हुन ।
कार्यक्रममा विशिष्ट अतिथी गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, उपमेयर पुनम चौधरि ,लगायत संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

16 Push 077 final

कार्यक्रममा रौतहटले पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनुका साथै गरुडा नगरपालिकाका नगर प्रमुख जयसवाल, उपप्रमुख तथा स्वर्गीय पत्रकार मनोज चौधरीकी पत्नी पुनम कुमारी चौधरीसहितको सहभागितामा सो कार्यक्रममा दिप्र जलाएर एक मिनट मौन धारण गरि मनाईएको हो ।
रौतहटको गरुडास्थित मधेस मसला एफएम १०६.४ मेगाहर्जका स्टेसन मेनेजर तथा जनकपुर टुडेकास्थानीय सम्वाददाता चौधरीको कोरोना संक्रमणका कारण ४१ वर्षको अल्पायुमै निधन भएको थियो ।

०७८ बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भए पछि चौधरीलाई स्वास फेर्न समस्या भए पछि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत पत्रकार चौधरीको २८ गते साँझ उपचारको क्रममा निधन भएको थियो ।
चौधरीको निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरेको हो।