रौतहटमा सिलिण्डर विस्फोट भएर आगलागि, १४ घाइते

रौतहट, ३१ जेठ । रौतहट सदरमुकाम गौरमा मंगलवार राति आगलागि हुँदा लाखौंको सम्पत्ती जलेर नष्ट भएको छ आगलागिमा १४ जना घाईते भएको छ ।
गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया स्थित पर्शुराम साहको घरमा आगलागि भएपछि आगो निभाउने क्रममा घरका सदस्य सहित गाउँलेहरु पोलेर १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
विद्युतिय लाईन नभएको अवस्थामा घरमा उज्जयालोको लागि मैनबत्ती बालिएका थिए । सोही मैनवत्तीबाट आगो सल्किदा घरमा रहेका ग्यास सिलिन्डर पड्किँदा उक्त ब्यक्तिहरु घाइते भएको प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ । घाइते सबैको उपचार प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ ।


मैनबत्तीबाट सल्केको आगोले ग्यास सिलेंडर बिस्फोट भएपछि आगो निभाउन गएका गाउलेहरु पोलेर घाइते भएको बताइएको छ । गौर नगरपालिकामा दमकलको विकल्पमा राखिएको फायर बिग्रेड, स्थानीय, प्रहरीको मद्दतबाट आगोलाई नियन्त्रणमा लिइएको गौर नगरका मेयर शम्भु साहले जानकारी दिए ।
गौर नगरपाकिलाको फायर बिग्रेड दुर्घटनामा परेर मर्मत भईरहेको अवस्थामा बैकल्पिक साधनबाट आगलागि भएको स्थानमा आफनो कार्यलाई पुरा गर्दै आएको र मानविय धर्म निर्वाह गर्दै आएको मेयर साहले भने ।

error: Content is protected !!