कटहरिया नगरपालिकाले ल्यायो ४१ करोड ९६ लाखको बजेट

रबिन्द्र प्रजापति, रौतहट । असार ११ गते । रौतहटको कटहरिया नगरपालिकाको ८ औं नगर सभा अधिवेशन भव्याताका साथ सम्पन्न भएको छ ।
कटहरिया नगरपालिकाले ८ औं नगरसभा अधिवेशनद्धारा ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको अनुमानित बजेट हिजो सोमबार प्रस्तुत गरेको छ । नगरपालिकाको प्रागंनमा सो बजेट प्रस्तुत भएको छ ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा ८ औं नगर सभा अधिवेशन भव्याताका साथ सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख आतिथि नेपालि कांग्रेसको जिल्ला समन्वए समितिका अध्यक्ष रामअजोध्या राय यादव रहनु भएको थियो ।
विशिष्ट अतिथि नगर उपप्रमुख रिता देवी यादवको उपस्थितिमा ८ औं नगरसभा अधिवेशनले आर्थिक वर्ष ०८०÷०८१ मा निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको बजेट कटहरिया नगरपालिकाका नि. प्रमुख प्राशासकिय अधिकृत राम प्रकाश साहले प्रस्तुत गरेको छ । कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कटहरिया नगरपालिकाका नगर प्रमुख जैसवालले सोमबार नगरसभाको आठौं अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये संघिय शशर्त अनुदान चालु तर्फ रु १७ करोड १० लाख र पूँजीगत तर्फ १ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ८१ लाख ४४ हजार र आन्तरिक राजस्व रु १ करोड बजेट छुट्याएको छ ।कटहरिया नगरपालिकाको ८ औं नगर सभा अधिवेशन १० गते आइतवारका लागी तोकिएको थियो तर समय अभावको कारण सो अधिवेशनलाई पुर्णता दिँदै आज सम्पन्न भएको छ ।

‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि अहिले सिखने अवस्था छ अब बिस्तारै जनाताहरुसंग गरिएको प्रतिबद्धता पूरा गरिने नगरप्रमुख जयसवालले बताए । भाषणमा र काममा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन कटहरिया नगरपालिकाको बिकासको लागी म बसेको छैन कटहरिया नगरपालिकाको बिकासको लागि आफु लागिपरेको छु
कटहरियाको बिकास पाँच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन ।

नगरसभाबाट कार्यक्रम बजेटमा कटहरिया नगरपालिकाको ४१ करोड ९६ लाख १६ हजार ३ सयको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , उधोग,ब्यापार,ब्यवसाय ,पर्यटन तथा संस्कृति ,पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,खानेपानि तथा सरफाई ,युवा ,खेलकुद तथा कला ,सडक,पुल तथा यतायात ,सुचना,सञ्चार तथा प्रबिधि लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड नगर प्रमुख जैसवालले राख्नु भएको छ ।

सुरक्षित नागरिक आवास निर्माणका लागि प्रति घरपरिवार ५० हजारका दरले ६ सय २५ अति गरिव घरपरिवारलाई अनुदान रकम उपलब्ध गराइने, दिनमा विवाह गर्ने केटी पक्षलाई २० हजार र केटा पक्षलाई १० हजार रकम पुरस्कार स्वरुप दिने कार्यक्रमलाई निरन्तरता दिइने कुरा उल्लेख छ ।

त्यसतै नगर प्रमुख जैसवालले आ.व ०८०÷०८१ मा कृषि व्यसायीलाई प्रोत्साहन गर्ने कृषि बिधुत मिटर जडान गरि सिचाई गर्दा उठेको बिधुत महसुलको सतप्रतिशत अनुदान दिने नगर प्रमुख जैसवालले कार्यक्रम मार्फत घोषणा समेत गर्नु भएका थिए । कृषिहरुको लागी कृषकको उत्पादन बस्तुको बिक्रिदरलाई सन्तुलित राख्न छेदि चौकमा निर्माणधिन चिस्यान केन्द्र(कोल्ड स्टोर )सहितको बजारीकरणको कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

किसानहरुलाई सहज र सस्तो मलखाद उपल्बध गराउन बिशेष पहल गरिने पनि प्रतिबद्धता जनाउनु भएको थियो ।नगरबासिको स्वास्थ्यको ख्याल गर्दै आफ्नो नगरमा १५ सैंयाको अस्पताल भवनको निर्माण कार्य यसै बर्ष सुरु गर्ने बताउनु भएको थियो ।

स्वास्थ्य सेवालाइृ प्रभावकारी बनाउन वडाहरुमा ब्यवस्थित स्वास्थ्य चौकी भवन निर्माणको कार्यलाई बिस्तार गर्नुको साथै कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गदैृ थप चिकित्सकको ब्यवस्था मिलाउने र अल्ट्रासाउण्ड ताथ पोर्टेबल एक्स–रे सेवा उपल्बध हुने ब्यवसथा मिलाईएको नगर प्रमुख जैसवालले बताउनु भयो ।

त्यसतै नगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा निशुल्क गरिनुको साथै महिला स्वंसेबिकाहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना रु ३ हजार ५ सयका दरले उपलब्ध गराउने भन्दै नगर प्रमुख जैसवालले भने नगरमा उमेर पुगेका प्रत्येक महिलाहरुलाई स्यानेटरी प्याड निशुल्क बितरण गरिनुको साथै बिधालयमा अध्यनरत छात्राहरुलाई सम्बन्धित बिधालयबाटै स्यानेटरी प्याड निशुल्क उपल्बध गराउने बाधा समेत गर्नु भएका थिए ।

त्यसतै नगरमा ”सडक सञ्जालको बिस्तार,समृद्धिको अधार” भन्ने नाराको साथ बिभिन्न सडकहरुलाई राष्ट्रिय राजमार्गसंग जोडन सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिने बताउनु भयो । त्यसतै किसानहरुको लागी खेतखेतमा पानी पुर्याउनका लागी नहर नपुगेको ठाउँमा डिप टयुवेल तथा स्यानो टयुवेलको ब्यवस्था गरिनु लगायत निशुल्क सिंचाईको निति अनुरुप बिधुतको कृषि मिटर र कृषि मिटरमा उठेको बिधुत महसुल वापत लाग्ने रकम नगरपालिकाले तिर्ने ब्यवस्था गरेको नगर प्रमुख जैसवालले बताउनु भयो ।

नगरलाई फ्रि वाईफाई सुबिधाले सु–सम्पन बनाउनुको साथै नगरभर फ्री वाईफाई जडानको कार्यलाई तिब्रत ा दिने र सरकारी कार्यालयहरु,बिधालयहरु,स्वास्थय संसथाहरु ल्गायत सार्वजनिक स्थानहरुमा फ्रि ईन्टरनेटको सुबिधा सहित प्रबिधिमैत्री बनाउने बताउनु भयो ।

त्यसतै सोहि कार्यक्रममा कार्यपालिकाको सदस्य मनोज जैसवाल ,वाड नं.४ का वडाअध्यक्ष चन्दन कुश्वाहा ,जनता मावि कटहरिया प्राधानाध्यापक सचिन्द्र प्रसाद यादब ,वार्ड नं.१ क वडाअध्यक्ष भुपेन्द्र महतो कोईरी ,वडाअध्यक्ष सरफलाल राय यादब ,७ का वडाअध्यक्ष सहिद मिया धोवी ,रामेश्वर राय यादब ,नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा ,युवा नेता जवाहरलाल यादब लगायतका वक्ताहरुले आफ्नो–आफ्नो मन्तब्य राखेका थिए भने कटहरिया नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले संन्चालन गरेका थिए भने बजेट बिनियोजन कार्यक्रम मार्फत नगरपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान स्वरुप माला टिका र दोसाला ओढाएर सम्मान गरेका थिए ।

error: Content is protected !!