किसानहरुलाई खेतीको लागी मोटर लगाएत कृषि समाग्री वितरण
रबिन्द्र प्रजापति,रौतहट। असार १५ गते ।
रौतहटको कटहरिया नगरपालिकामा आज किसानहरुलाई खेतीको लागी मोटर लगाएत कृषि समाग्री वितरण गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ बलिरामपुर टोलका किसानलाई कृपि समाग्री वितरण गरिएका छन ।
श्री जन जागरण कृषक समुह साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको आयोजनामा विहीबार एक कार्यक्रमका बिच मोटर, स्प्रे टैकिं, पानी पटाउनका लागी डिलेबरी पाईप, तरकारीको बिउ, औषधि लगाएका समाग्रीहरु वितरण गरेका छन ।
प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना साना व्यवसायिक कुषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकश जयसवाल विशिष्ट अतिथि रिता देवी यादव रहनु भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले भने आफनो नगरमा कृषि विकास पहिलो प्राथमिक्तामा रहेको छ भने स्वास्थ्य र शिक्षा दुश्रो रुपमा रहेको छ । किसानहरुको शुखि सम्पन्न बनाउने उद्देश्यले कटहरिया नगरपालिका भरि पोलहरुको ब्यवस्थापन गरि लाई जडान गरि सिजाईमा तिब्रता दिनका लागी मेयर जयसवालले प्रतिबध्ता जनाए ।
सोही कार्यक्रममा कटहरिया नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहले भने विश्वमा पेशा धेरै छन तर सभन्दा ठुलो पेश कृषि रहेको उनको भनाई छ, । किसाननै जिवको निर्वह रहेकोले कृषि अति आवस्यक रहेको उनले बताए । यो देशमा विभिन्न किसिमका पेशाहरु छन तर कृषि नहँदा जिवननै नचल्ने उनले बताए । एसैले आफनो खेतीपाती तर्फ केन्द्र हुनका लागी अधिकृत साहले आग्रह गरे।
सो समाग्री वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता कार्यपालिका सदस्य जामुन ठाकुर, बैनाथ दास बनिया, नागेन्द्र यादव, किसान लगाएत भद्र भलादमी बुद्धिजीवी लगाएत ब्यक्तिहको उपस्थिथि रहेको थियो ।