रौतहटको कटहरिया नगरपालिकाको वन्द सत्र सम्पन्न

रबिन्द्र प्रजापति,रौतहट । असार १७ गते ।
रौतहटको कटहरिया नगरपालिकाको वन्द सत्र सम्पन्न भएको छ । ०८०÷८१ को बिकासका लागी कटहरिया नगरपालिकाले आईतबार एक कार्यक्रमका बिच वन्द सत्र सम्पनन गरेको हो । बिना बिवादको हर्षोलासका साथ वन्द सत्र सम्पन्न भएको हो।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको अध्यक्षतामा भएको वन्द सत्र पूर्ण रुपले बहुमतका साथ सम्पन्न भएको छ । नगर प्रमुख जयसवालले आफनो सम्पुर्ण जनप्रतिनिधिहरुलाई पूर्ण रुपले सहमति गराई बन्द सत्र सफल पारेका छन ।
मेयर जयसवालले आफनो नगरपालिकाका जनप्रतिनिधि र स्थानिय बासिहरुका लागी आफु हरेका समय जनताको साथ रहि सुखि दुखमा हातेमालो गरि अगाडि बढने बिचार लिएका छन ।
बन्द सत्र कार्यक्रममा उपमेयर रिता देवी यादव, नि. प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, वडा नम्बर एक देखि नौ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएत प्रतिनिधिहरुको उपथिति रहेको थियो ।
नेपाल अधिराज्य भरिमा सभन्दा पहिलो बन्द सत्र गरेको कटहरिया नगरपालिका पहिलो स्थानमा रहेको छ । मेयर जयसवालले असार १० गते गर्न नसकेको नगरसभा ११ गते ८ औं नगरसभा अधिवेश्न सम्पन्न गरि आज बन्द सत्र पनि सम्पन्न गरेका छन ।

error: Content is protected !!