नगरकार्यपालिका सदस्य तथा कर्मचारीहरुका लागी ३ दिने तालिम सम्पन्न

रबिन्द्र प्रजापति, रौतहट असार २२ गते ।
रौतहतको कटहरिया नगरपालिकामा नगरकार्यपालिका सदस्य तथा कर्मचारीहरुका लागी स्थानिय तहको ऐन कानु सम्मन्धि ३ दिने तालिम आज सम्पन्न भएको छ ।
गत २० गते देखि संचालनमा रहेको नगरकार्यपालिका सदस्य तथा कर्मचारीहरुका लागी स्थानिय तहको ऐन कानु सम्मन्धि ३ दिने तालिम नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ ।
ऐन कानुन सम्मन्धि तालिमका प्रमुख अतिथि अजय प्रकाश जयसवालल रहनु भएको थियो । सो क्रममा मेयर जयसवालले आज कार्यक्रम समापन गर्दै यो तालिमबाट सम्पूर्ण जनप्रतिनिधिहरुलाई आफ्नो काम र कर्तब्य सम्बन्धि काम बारे अगुवत गराए ।
सेवा गा्रहीहरुको कुनै किसिमको काम काजमा ढिला सुस्ती नगरि काम गर्नका लागी आग्रह गर्नु भएको थियो ।
स्थानिय यस्तरमा आफ्नो काम र कर्तब्य र अधिकारलाई सम्झी अगाडी बढन र यो तिन दिने तालिमले आफ्नो काम र कर्तब्य अधिकार सम्बन्धमा जनप्रतिनिधिहरुलाई अगुवत भएकै होला त्यसले गर्दा हरेक जनतालाई कुनै पनि झँझटिलो तरिकाले अल्झाउने काम नगरी एथा शिघ्र जनतालाई काम छिटो छरितो गरि अगाडी बढन सबै जन प्रतिनिधिहरुलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि उप मेयर रिता देवी यादव, र प्रशासकिय अधिकृत राम प्रकाश साह रहनु भएको थियो ।
सो कार्यक्रममा वडा नं. २,का अध्यक्ष हरिन्द साह, ७ का वडा अध्यक्ष सहिद आलम धोबि, ९ का अध्यक्ष रुपेश यादव, ३ का अध्यक्ष श्यामा कन्त यादव, ६ का अध्यक्ष जयरामा चौधरी, कार्यपालिका सदस्य, मनोज जयसवाल, शान्ति देवी यादव, सोनी देवी, लगाएत पालिकाका कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!