वाग्मती नहरमा डुबेर एक बालिकाको मृत्यु

रौतहट, साउन ६ गते ।

रौतहटको बागमति नहर डुबेर एक बालिकाको मृत्यु भएको छ

शनिबार जिल्लाको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ ।

बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको वाग्मती सिँचाइ आयोजनाको नहरको छेउमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ डुबेका थिए ।

राजकुमारकी छोरी शिवानीलाई स्थानीय अशोक साहले नहरबाट सकुशल उद्धार गरी बाहिर निकालेको थियो ।

परमेश्वरकी नातिनी शिवानी भने बेपत्ता भइन् । घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको टोली खोजीमा खटेको थियो । राति अबेरसम्म पनि बेपत्ता शिवानी फेला परिनन् ।

प्रहरी निरीक्षक सापकोटाले हराइरहेकी शिवानीको खोजतलास गर्दै जाँदा बेपत्ता भएको स्थानभन्दा ६ किलोमिटर दक्षिण वृन्दावन नगरपालिका–६ स्थित नहरमा मृत अवस्थामा भेटिएको बताए ।

error: Content is protected !!