रौतहटमा सर्वप्रथम कटहरिया नगरपालिकाले उपलब्ध गराए आँखा पाक्ने रोगको औषधी

रबिन्द्र प्रजापति, साउन २१ गते रौतहट ।
आँखा पाक्ने रोग यतिखेर भाईरल ईनफेक्सन जस्तै फैलिरहेको छ । आँखा पाक्ने रोगले अहिले रौतहट सहित देश भरिको अस्पतालहरुमा आखाँ संक्रमितहरु बढेका छन । सोही बेला सर्वप्रथम रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आँखा पाक्ने रोगका बिरामिहरुलाई बाच्नको लागी आईतबार औषधीको उपलब्ध गराएका हुन् ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल तथा उपमेयर रिता देवी यादवले नगरका आम सर्वसाधारण नगरबासीलाई यस रोग बाट बचाउन तथा रोकथाम गर्न औषधी खरिद गरिएको छ ।
आईतबार नगरपालिकामा एक कार्यक्रमका बिच मेयर र उपमेयरले सयुक्त रुपमा स्वास्थ सन्योजक सन्जय जयसवालले औषधि हस्तान्तरण गरेका छन । हरेक स्वास्थ केन्द्रमा औषधि पठाइएको सन्योजक जयसवालले बताएउनु भयो ।
आँखा पाकेका बिरामिहरुले आफ्नो नजदिक पर्ने स्वास्थ केन्द्रमा गई निशुल्क औषधि उपचार गराउन मेयर जयसवालले अनुरोध समेत गरेका छन ।
रौतहटका अन्य स्थानीय तहले पनि यस आखा पाक्ने रोग बाट बचाउन निशुल्क औषधी वितरण कार्य शुरु गर्नु जरुरी देखिएको छ।

error: Content is protected !!