मुस्लिम,हिन्दु बीच दंगा भडकाउनेव्यक्तिलाई गोली हान्ने मुख्यमन्त्री सरोज कुमार यादव ,चेतावनी

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जातीय दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।

मंगलबार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका हुन् ।

‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन्’,मुख्यमन्त्री यादवले भने ।

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।

हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।

error: Content is protected !!