संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ ः झलनाथ को भनाई

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुन सक्ने बताएका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगको चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने बताए ।

उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको भन्दै आम जनता र मुलुकका लागि कसरी फलदायी हुन सक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले संघीयता आम जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए ।

error: Content is protected !!