पर्सा प्रहरीले दुई युवकलाई पेस्तोलसहित पक्राउ 

टुडेपाटी-
पर्सा, कार्तिक १२ गते ।

पर्सा प्रहरीले दुई युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपलिका २६ का २१ वर्षीय साहिल अन्सारी र २६ वर्षीय सरफराज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुलाई कार्तिक ५ गते प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज २५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक जि.पर्सा साहिल अन्सारीलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा उनको झोलामा अबैध कटुवा पेस्तोल १ र उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न सरफराजलाई नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

error: Content is protected !!