सर्लाही प्रहरीद्वारा २५० केजी गाँजा सहित दुई जना पक्राउ

सर्लाही, १२ कार्तिक । सर्लाही जिल्लाको विभिन्न चोर नाकाहरु भएर राजस्व छलेर भित्रएका ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजित पत्रकार सम्मेलमा लागु औषध गाँजा सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गर्दै प्रहरीले शनिवार रातिको समयमा कविलासी नगरपालिका वडा नम्वर ९ सलेमपुर स्थित झिम नदी किनारबाट गम्हरिया तर्फ जाँदै गरेका ज. १ त. ५५५१ नम्वरको ट्रयाक्टरलाई चेकजाँच गर्दा करिव दुई सय पचार किलोग्राम लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको बताए ।
कविलासी नगरपालिका वडा नम्वर १० का २८ वर्षीय भाग्य नारायण महतो र सोहि ठेगाना भएका २४ वर्षीय रवि भन्ने रवीन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
दुई सय ५० किलो गाँजा, एक थान मोबाइल, एउटा ट्याक्टर बरामद गरेको छ उक्त सामानको मूल्य करिव ३० लाख बराबर रहेको प्रवक्ता थारुले बताए ।

error: Content is protected !!