प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या, ६ जना पक्राउ, हत्यामा सुटर प्रयोग

कार्तिक १३ गते बारा ।
गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या महिलासँगको सम्बन्धका कारण भएको खुलेको छ।
एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको तथा सोही कारण उनको हत्या भएको प्रहरीको अनुमान छ।
कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय रहेका छन्।
ती महिलाको प्रेम सम्बन्ध अर्कै पुरुषसँग पनि भएको र सोही कारण स्वर्णकारको हत्या भएको हो।
हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ। पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको हो।
हत्या कसरी र किन भएको हो भन्नेबारे छिटो पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता न्यौपानेले बताए।
सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले‍ पछाडिबाट लखेटेर गोली प्रहार गर्दा स्वर्णकार गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोद्धा अस्पतालमा मृत्यु भएको थियो। स्वर्णकार कलैया(६ निवासी हुन्।

error: Content is protected !!