उप मेयर यादवद्धारा कलवारलाई ह्विल चेयर सहयोग

रबिन्द्र प्रजापति,कार्तिक १६ गते रौतहट । कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादवले बुधबार एक जना अपाङ्गलाई ह्विल चेयर सहयोग गरेकी छन ।
कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया बजार बस्ने गौरिशंकर कलवारकोे छोरा बिकाश प्रसाद कलवारलाई उप मेयर यादवले ह्विल चेयर प्रदान गरेको छ ।
उपमेयर यादवले एक कार्यक्रमका बिच कलवारको घर पुगी ह्विल चेयर सहयोग गरिएको हो । बुधबार कटहरिया नगरपालिकाकी उपमेयर यादवको अध्यक्षतामा अपाङ्ग भएका कलवारले ह्विल चेयर हस्तान्तरण गरेका छन ।
कलवारले लामो समए देखि अपाङ्गको भएको बुझिएको छ । लामो दुःख भोगेका कलवारलाई ह्विला चेयर पाएपछि खुशी भएका छन् ।
उनको अवस्था चिन्ता जन्करहेकोले उपमेयर यादवले चेयर सहयोग गरिएको हो । उनले उपमेयर यादवलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएका छन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

16 Push 077 final