गढिमाई नगरपालिकामा तलवको विषयलाई लिएर विवाद, नगरपालिकामा तालाबन्दि

रबिन्द्र प्रजापति,कार्तिक १६ गते रौतहट ।
रौतहटको गढिमाई नगरपालिकामा करारका कर्मचारी र जनप्रतिनिधि बीच तलवको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
तलब नपाएर करारका कर्मचारीहरुले गढिमाई नगरपालिकामा तालाबन्दी गरेका छन । आजदेखि पालिका अगाडि बिरोध प्रदर्शन गरिने बताईएको छ ।
जनप्रतिनिधिहरुकै कारण आफुहरु तलव नपाएको करारका कर्मचारीहरुले आरोप लगाएका छन् ।
कर्मचारीहरुले तलबको माग गर्दा सो समस्यालाई समाधान नगरी उल्टै वडा नं. ६ सिंगारमन धर्मपुरका वडा अध्यक्ष राम सिंहासन यादवले कर्मचारीहरुमाथी आक्रोसित भएपछि करारका कर्मचारीहरुले तलब पाउनुपर्ने अडान राखी गढिमाई नगरपालिकामा तालाबन्दी गरि आजदेखी पालिका अगाडि विरोध प्रदर्शन समेत गर्ने उनिहरुको कार्यक्रम रहेको बताएका छन् । रौतहट जिल्लाको विभिन्न पालिकामा तलब भत्ताको समस्या रहेको छ ।

16 Push 077 final