सरकारी मोटरसाईकल चोरी गर्ने तिन जना रौतहटबाट पक्राउ

रबिन्द्र प्रजापति, कार्तिक १६ गते रौतहट ।
चोरी भएको सरकारी नम्बरको मोटरसाईकल सहित रौतहटबाट तिन जना पक्राउ परेका छन ।
गत असोज २९ गते रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडी फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको पल्सर मोटरसाईकल पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।
उक्त मोटरसाईकल खोजतलस गर्ने क्रममा मंगलबार प्रहरीले उक्त मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी दमोदर केसिले जानकारी दिनु भयो ।
गौर नगरपालिका वडा नं. ५ स्थितबाट मोटरसाइकलसहित ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी केसिले बताउनु भयो ।
सरकारी नम्बर पलेट निली हाल परिवर्तन गरी बि आर ३० क्यू ४८६८ नम्बरको भारतिय प्लेटको मोटरसाईकल प्रयोग गरेकोले उनिहरुलाई मोटरसाईकल सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए ।

16 Push 077 final