मधेश प्रदेशका महाकाली बुहारी संयुक्त आवाजका संयोजक पाठकको पद बर्खास्त

रविन्द्र्र प्रजापति रौतहट कातिक २० गते

मधेश प्रदेशका महाकाली बुहारी संयुत अवाजको संयोजक पुजा पाठकको पद बर्खास्त गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजका संयोजकका रुपमा कार्यभार सम्हाल्दै आउनु भएका पाठकलाई उक्त संस्थाको केन्द्रिय कार्य समितिले कार्तिक १५ गते बसेको बैठकले पाठकलाई सो पदबाट निस्कासित गरेको जनाएको छ ।

सो बैठकले निज पुजा पाठकले आर्थिक हिनामिना गरेको कारण देखाउदै पछि कानुनी कारवाही गर्ने गरि तत्काललाई पदबाट बर्खास्त गरिएको बताएको छ ।

16 Push 077 final

पाठकले संस्थाको विधान विपरित विभिन्न व्यक्तिको नाममा अनावश्यक चेक काट्दै गरेको र आजिवन सदस्य बनाई केन्द्रमा हिसाव नबुभफाएको पटक पटक छलफल र सहमति हुदा पनि संस्थाको रकम बुभफाउन नसकेको भनि आर्थिक हिनामिनाको कारण उल्लेख गर्दै पदबाट बर्खास्त गरेको जनाएको छ ।

यस संस्थाका नाममा कुनै संस्थागत आर्थिक कारोबार नगर्नु नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागी सुचना समेत जारी गरेको छ ।

अघिल्लो पोष्ट