पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावरको लुट धन्धा

रबिन्द्र प्रजापति पौष ०३ गते रौतहट ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मेनपावर हरुले लुट मच्चाएका छन् । वैदेशिक रोजगारीमा जानका लागि मेनपावर कम्पनीहरुले मनोमानी तरिकाले तीन देखि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि आर्थिक अवस्था कमजोर भएकाहरु विदेश जान नपाएर ठूलो समस्यामा परेका छन् ।देशमा रोजगारी नपाएर रौतहटका युवाहरु मलेशिया, दुबई, कतार, सउदी, कुवेत लगायतका मुलुकमा रोजगारी गर्न जान खोजे पनि काठमाण्डुस्थित मेनपावरहरुले मलेशियाका लागि ३ देखि ४ लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि गरिब, विपन्न परिवारका युवाहरु मलेशियासहितका खाडी मुलुकमा जान सकिरहेका छैनन् । सरकारले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिने मलेशियासहित ७ वटा देशका लागि फ्रि भिसा र फ्रि टिकट लागु गरे पनि सो निर्णय कार्यान्वयन गराउन नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुले पैसाको अभावमा अहिले वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुन थालेका छन् । मलेशियाका लागि मेनपावर कम्पनीहरुले पहिला एक देखि डेढ लाखसम्म मात्र शुल्क लिदै आए पनि अहिले केही महिना यता तीन देखि चार लाखसम्म रुपैयाँ लिन थालेका छन् । एक त मिटर ब्याजका कारण गाउँ घरमा ऋण पाउन मुस्किल भएको र त्यसमा पनि मेनपावर र तिनका दलालहरुले मलेशियाका लागि चार लाख रुपैयाँसम्म शुल्क लिन थालेपछि पैसाको अभावमा आफू विदेश जान नपाएको बेरोजगार यूवाहरुले बताए । देशमा रोजगारीको अवसर सृजना नहुँदा बाध्यतावस परिवार को गुजारा चलाउन श्रम गर्न विदेश जान खोज पनि मेनपावरहरुले चर्को शुल्क लिन थालेपछि आफू न देशमा रोजगारी नै पाएको र विदेश नै जान सकेकोले परिवारको गुजारा अब कसरी चलाउने भन्ने चिन्ता सताएको उनहरुले दुखेसो गरे ।आफनै देशमा रोजगारी नपाएर श्रम गर्न वैदेशिक रोजगारीमा जान सोचे पनि मेनपावरहरुले चार लाख रुपैयाँ मागेकोले आफूले त्यति ठूलो र कम कहाँबाट ल्याउने भनी चिन्तामा परेको बेरोजगार यूवाहरुले बताए । महंगो शुल्कका कारण विदेश जान नपाएर जिल्लाका हजारौं हजार युवाहरु डिप्रेसनको शिकार भए पनि सरकारले यी समस्या समाधानका लागि कुनै ध्यान नदिएको युवाहरुको गुनासो छ । वैदेशिक रोजगारीको नाममा मेनपावरहरुले लुट मच्चाए पनि कुनै राजनीतिक दलका नेताले त्यस्ता मेनपावरलाई कारबाही गराउन आवाज नउठाएको भन्दै राजनीतिक दल तथा सरकारप्रति युवाहरुले आक्रोस व्यक्त गरेका छन् ।

error: Content is protected !!