कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलनले मधेशको भविष्य निर्माण गर्छ , यादव को भनाई

मधेश प्रदेश

जनपुरधाममा बिहीबारदेखि शुक्रबारसम्म दुई दिन चल्ने नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रहेका यादवले कानुन नबन्दा संविधानले दिएको अधिकारबाट मधेशलाई वञ्चित गरी उपेक्षा गरिएको बताए ।

ुकांग्रेसको प्रथम सम्मेलन मधेश प्रदेशलाई गरिएको उपेक्षा विरुद्धको दबाबमूलक कार्यक्रम हो,ु यादवले भने, ‘संघीयता विरुद्धका गतिविधि भइरहेको बेला संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन मधेश प्रदेश सम्मेलन आयोजना गरिएको छ । संघीयताको खाँचो मधेश र मधेशका जनतालाई छ ।’

मधेश प्रदेशले पाएको अधिकार कार्यान्वयन गर्न र बन्न नसकेको कानुन बनाउन दबाब दिने सम्मेलनको मुख्य उद्देश्य रहेको यादवले बताए ।

कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको बिहीबार उद्घाटन र शुक्रबार बन्दसत्र हुने प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताए । ुबन्दसत्रमा प्रदेशका ८ वटै जिल्लाबाट छनौट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सहभागी हुने छन्,ु श्रेष्ठले भने, ‘प्रथम प्रदेश सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनसहित प्रदेश कार्यसमितिले बुधबार पारित गरेको छ ।’

error: Content is protected !!