पर्साको ग्रामीण भेगमा जंगली जनावरको आतंक

पर्सा जिल्लाका स्थानीयबासिन्दा जंगली जनावरका कारण क्रसित बनेका छन् । जिल्लाका सखुवाप्रसौनी तथा पटेर्वासुगौलीका स्थानीय जंगली जनावरका कारण आजित बनेका हुन् ।

जंगलसँग सिमा जोडिएका यी पालिकामा जंगली जनावर बस्ती पसेर घर तथा अन्नवालीमा क्षती पु¥याउँदा स्थानीय आजित बनेका छन् ।

मंगलबार राती जंगलबाट आएको हात्तीले पटेर्वासुगौलीमा स्थानीयको घर भत्काएर क्षती पु¥याएको प्रहरी निरिक्षक रामराज केसरीले बताए । उनका अनुसार पटेर्वासुगौली वडा नं।१ भाथा टोल तथा वडा ३ का स्थानीयको घर भत्काएको छ । जंगली हात्तीले अन्नवाली समेत खाएर नष्ट पारिदिएको छ ।

वडा नं। १ का स्थानीय श्यामसुन्दर महतो यस्तै वडा नं। ३ का रमेश चौधरी, सहदेव चौधरी र ध्रुव सहनीको घर हात्तीले भत्काएको छ । रामपुरमा रहेको रामजानकी मन्दिर पनि जंगलबाट आएको हात्तीले भत्काएको उनले बताए ।

सतर्क रहन वन कार्यालयको अनुरोध

डिभिजन वन कार्यालय पर्साले जंगली जनावर बाघबाट सतर्क रहन आग्रह गरेको छ । जिल्लाको रंगपुर, मनवा, बढनिहार, बसन्तपुर र सबैया क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन आग्रह गरेको हो ।

सहायक वन अधिकृत फरमान मिँयाले आज एक सूचना जारी गर्दै यि क्षेत्रहरुमा बाघ देखिएकाले सुरक्षित रहन अनुरोध गरे । उनले वन जंगलमा घासँ दाउरा गर्न नजान, रातको समयमा घर बाहिर ननिस्कन र निस्किनै परे सावधानी अपनाउन आग्रह गरे ।

यस्तै वन क्षेत्रमा अनावश्यक प्रवेश गरि बाघको आक्रमणमा परे सोको क्षतीपूर्ति दिन डिभिजन वन कार्यालय पर्सा बाध्य नहुने सहायक वन अधिकृत मिँयाद्वारा जारी सूचनामा उल्लेख छ ।

error: Content is protected !!