रौतहटम‍ा यौन धन्धा फस्टाउँदै

रबिन्द्र प्रजापति, माघ १७ गते रौतहट । रौतहट जिल्लाको विभिन्न ठाउँमा यौन व्यवसाय फस्टाउँदै गएको देखिएको छ। रौतहटको होटलहरुमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढ्दै गईरहेको छ। त्यति मात्र नभई रौतहटको जंगलमा पनी यौन व्यवसाय फस्टाउँदै गएको छ । प्रहरी प्रशासनसंग अवैध मिलोमतो यस्ता यौन जन्य कृयाकलाप हुदै गईरहेको जानकारहरुको भनाई रहेको छ। होटल, गेष्टहाउस, डान्सबार र जंगलको आडमा अवैध यौनजन्य गतिविधिलाई फस्टयाएको देखिन्छ । यहाँ अनुगमनकार्ता तथा प्रहरी प्रशासनहरुले दिनहु अनुगमन नगर्दा विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएको छ । अहिले रौतहटको चन्द्रनिगाहपुर सहित धन्सरदेखि जंगलसहियाको जंगलमा यौनजनय क्रियाकलाप भइरहेको देखिन छ । धन्सरबाट जंगलसहिया आउनेबाटोको छेउछाउमा बसेर आउने जाने पुरुषलाई ईशारा गरी बोलाई जंगलमा लगी यौन धन्धा भएको बाटो आउने जाने बटुवाहरुले बताउनु भयो । त्यति मात्र नभएर चन्द्रनिगाहपुर स्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन। ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको स्थानीयहरुले बताउनु भयो । त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारवाहीका लागि सम्बन्धित निकायहरुले कुनै ठोस कार्य नगरेको भन्दै चन्द्रनिगाहपुरका स्थानियहरुले बताउनु भयो । यस्तै कटहरिया बजारको आसपासमा पनी यौन जन्य क्रियाकलाप भईरहेको जानकार ब्यक्तिको भनाइ छ । कटहरिया बजारमा भईरहेको यौन धन्धालाई नियन्त्रणमा लिनका लागी ईलाका प्रहरी कार्यालय कटहरियासंग स्थानियहरुले माग समेत गरेका छन । ती होटल तथा जंगलमा हुँदै आएको देह व्यापार रोक्नका लागी पटक पटक समाचार प्रकाशित भएपनी प्रहरी प्रशासनले कुनै वास्ता गरेको छैन । यस्तो कार्यहुँदा समाजमा असर पर्ने खतरा रहेकोले रौतहटबासीले जिन्ता समेत ब्यक्त गरेका छन । प्रहरी प्रशासन मुखदर्शक बनेको कारणले गर्दा हाम्रो रौतहटको चेलीबेटीमा असरपुर्ने डर गाउँ घरमा सताएको छ । आफ्नो परिवारसंग धन्सर हुँदै जंगलसहिया आउदा लाजमर्दो भएको जंगलसहियाका स्थानियहरुले बताएका हुन ।

16 Push 077 final